काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक आज १७.०१ अंकले घटेर २०३१.५५ को विन्दुमा बन्द भएको हो ।
आज ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ३७ कम्पनीको शेयर मुल्इ बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । तारागाँउ रेजेन्सीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १२८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया