Logo

अर्थ

आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?



काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्। सभा बनेपा पार्टी भेन्यु, बनेपा-८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ०८:०७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।