काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा बन्द भएको छ ।
आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।
शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
जोशी हाइड्रोपावर ८ करोड ३२ लाख रुपैयाँ, सोनपुर मिनरल्स ७ करोड ३३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स ७ करोड १० लाख रुपैयाँ, गोर्खाज फाइनान्स ५ करोड ९० लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावर ४ करोड ९७ लाख रुपैयाँ, दोल्ती पावर ४ करोड ५१ लाख रुपैयाँ, दोर्दी खोला जलविद्युत ४ करोड २६ लाख रुपैयाँ, पिपुल्स पावर ३ करोड ४९ लाख रुपैयाँ र धौलागिरी लघुवित्त ३ करोड ४५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया