Logo

स्वास्थ्य

वीर अस्पतालका १६ डाक्टरहरुले दिए सामुहिक राजीनामा



प्रशासनसँग असन्तुष्टि जनाउदै वीर अस्पतालका १६ डाक्टरहरुले राजीनामा दिएका छन् । राजीनामा दिने डाक्टरहरु सबै इमरजेन्सी विभागका रहेका छन् । उनीहरुले पटक पटक आफ्ना माग राखेपनि पूरा नभएपछि राजीनामा दिन बाध्य भएको बताएका छन् ।

उनीहरुले आफनो माग रराख्दै गर्दा पनि धम्की दिँदै हप्तामा ९६ घण्टा काममा लगाएको समेत बताएका छन् । त्यस्तैगरी उनीहरुले राजीनामा पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा पाउनुपर्ने भन्दा कटौती गरेर कम दिएको उल्लेख छ ।

कोरोना महामारीका बीच काममा खटिँदा पनि हौसालाको साटो मनोबल नै मनोबल घटाउने काम अस्पतालले गरेको भन्दै उनीहरुले अस्पातलकला निर्देशक सामु राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ६ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।