Logo

अर्थ

अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला-२०२४ को उद्घाटन प्रधानमन्त्रीले गर्ने



काठमाडौं । अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ भोली चैत १६ गतेदेखि सुरु हुन लागेको छ । उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल(एफवीन)ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेका हुन् ।

उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवृद्धन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यातका लागि सहजीकरण गर्न आयोजना गर्दै आएको यो मेला सातौँ संस्करण हो ।

महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसि, विजनेश डेभलपमेन्ट, क्यापसिटि विल्डीङ र नेटवर्किङमा केन्द्रित रहेर काम गर्दै आएको छ । यहि उद्देश्य अन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रिय स्तरको मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ ।

मुख्यगरी मेलाबाट उद्यमी महिलाहरुलाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताईन् ।

उनले भनिन्, ‘उद्यमी महिला आफैले अन्य स्रोतबाट सिकेर होस या महासंघले सिकाएर, उद्यम व्यापार त गरिरहनु भएको छ । तर, मेलामा आफुजस्तै उद्यम गरेकाहरुले के कसरी गरेका छन्, आफु कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथिहरुको हेरेर पनि सिक्ने मौका पनि मिल्छ।’

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ र स्वदेशी उद्यमशिलतालाई प्रवद्र्धन गरौँ’ भन्ने मुल नाराका साथ महिला उद्यमीको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले समुद्घाटन समारोहमा उच्च पदस्थ व्यक्ति तथा राजदुतहरुलाई नेपाली पोशाकमा ‘र्याम्पो वाक’ गराउन लागेको छ ।

साथै लामोसमयदेखि उद्यम गर्दै आएका, सिप तथा क्षमता भएका तर आर्थिक रुपमा कमजोर भएका महिला उद्यमीहरु जसलाई सहयोगको आवश्यकता छ उनीहरुलाई महासंघले मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ । महासंघको सीएसआर फण्डबाट १२ वटा स्टल निशुल्क रहेको अध्यक्ष ज्ञवालीले बताईन् ।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएको कारण उद्यमलाई विस्तार गर्न नसकेका महिला उद्यमीलाई आवश्यकता अनुसार ‘सिड्स मनि’ र क्षमता अनुसार अवसर पनि प्रदान पनि गरिने बताईन् ।

मेला भोली शुक्रबार अर्थात् चैत १६ गतेदेखि २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुन लागेको छ । अवलोनकका लागि कुनै पनि शुल्क राखिएको छैन भने आफुले चाहेको सामान खरिद गर्न पनि सकिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १६:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।