Logo

अर्थ

कामना सेवा विकास बैंक र गौतम होटेल बर्दिबासबीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र गौतम होटेल बर्दिबास प्राइभेट लिमिटेडबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १२:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।