Logo

अर्थ

नमस्ते पेद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न



काठमाडौं । नमस्ते पे ले ग्लोबल आइएमई मनि विकको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

कम्पनीले मार्च १८ देखि २४ गते सञ्चालन भएको ग्लोबल मनि विकको अवसरमा युवाहरुलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उदेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

जस अन्तर्गत नेमस्ते पेद्वारा सामाजिक सञ्जालहरु र एप सूचनाहरुमार्फ नमस्ते पे का प्रयोगकर्ताहरु र फलोवर्सलाई वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी दिइएको थियो । यस क्रममा नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारेमा भिडियो तयार गरी ‘स्टडी म्याटेरियल’नामको युटुब च्यानलमा सर्वाजनिक गरिएको कम्पनीले जनाएको छ ।

त्यसै गरी कम्पनीले विभिन्न केलेजहरुमा वित्तीय साक्षरता तथा समावेशीकरण सम्बन्धी सत्रहरु आयोजना गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १७:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।