काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा अचानक लागेकाे आगाे निभाइएकाे छ ।
शुक्रबार साँझ जेनेरेटर राख्ने स्थानमा भएको आगलागी दमकलको सहयोगमा निभाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति भएकाे छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जानकारी दियाे।




















प्रतिक्रिया