Logo

अर्थ

कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा लागेकाे आगाे निभाइयाे



काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा अचानक लागेकाे आगाे निभाइएकाे छ ।

शुक्रबार साँझ  जेनेरेटर राख्ने स्थानमा भएको आगलागी दमकलको सहयोगमा निभाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति भएकाे छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जानकारी दियाे।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १९:२०   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।