काठमाडौं । सेयर बजारको गिरावट जारी रहेको छ । आज पनि नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेको छ ।
आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से २००० तल झर्दा २०० कम्पनीको सेयरभाउ घटेको छ । आज ४२ वटा कम्पनीको सेयरभाउ बढ्दा २ वटाको भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । सिभिल बैंक डिबेञ्चर २०८८ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।
गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सर्वोत्तम सिमेन्ट, शिवम सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया