Logo

अर्थ

कामना सेवा विकास बैंक र लक्ष्मी हायर ब्युटी स्टुडियोबीच छुट सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौँस्थित लक्ष्मी हायर ब्युटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरी रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १२:४२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।