काठमाडौं । सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को विन्दुमा झरेको हो।
आज ३१५ कम्पनीका ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२.७८ रुपैयाँमा किनबेच भएका छन्। यस दिन आज २७ कम्पनीको मात्रै सेयरभाउ बढेको छ। २११ कम्पनीको सेयरभाउ घट्दा ६ वटाको स्थिर रहेको छ।
आज सबैभनदा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले कमाएका हन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।
गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया