Logo

अर्थ

सामान्य अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३४८.१८ को विन्दुमा ओर्लेको छ। आज २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामात्रै बढेको छ भने ८ वटामा गिरावट आएको छ। ८८ कम्पनीको सेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

मल्टीपपर्स फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मल्टीपपर्स फाइनान्स ९.९९ प्रतिशत, पोखरा फाइनान्स ७.८९ प्रतिशत, स्वाभिमान लघुवित्त ६.७९ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड ६.७९ प्रतिशत, बेस्ट फाइनान्स ६.३४ प्रतिशत, श्री इन्भेस्टमेन्ट ५.०३ प्रतिशत, गुहेश्वरी मर्चेन्ट ४.२३ प्रतिशत, नबिल बैंक डिबेन्चर २०८५ ४.०३ प्रतिशत, विन नेपा लघुवित्त ३.९६ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३.८९ प्रतिशतको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ३ : ५४ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।