Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १४ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यसअघि बिहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  ११ : ०३ बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।