Logo

राजनीति

काम गर्ने सहज वातावरण नभएको भन्दै वीर अस्पतालका १६ चिकित्सकद्वारा सामूहिक राजीनामा



आफ्ना मागको सुनुवाइ नभएको भन्दै बुधबार वीर अस्पतालको आकस्मिक सेवा विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले कोरोना संक्रमणका बेला सुरक्षा मापदण्डको व्यवस्था नगरिएको र भत्ता पनि नदिएको बताएका छन् ।

चिकित्सकहरूले अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीसमक्ष राजीनामा पत्रमा दिएको हो । पत्रमा आफूहरूलाई काम गर्ने सहज वातावरण नभएको उल्लेख गरिएको छ । राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. राकेशकुमार सिंह, डा. कृष्टि थापा, डा. आयुषि शर्मा नेपाललगायत चिकित्सकहरू छन् । 

यता अस्पतालका निर्देशक डा. सेञ्चुरीले भने मेडिकल अधिकृतहरूको माग सम्बोधनका विषयमा निरन्तर छलफल भइरहेको बताएका छन् ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार