Logo

अर्थ

सबैभन्दा बढी रेमिट्यान्स भित्राउनेमा आइएमई सम्मानित



काठमाडौं । आईएमई लिमिटेड सबैभन्दा बढी रेमिट्यान्स भित्राउने कम्पनीको रुपमा सम्मानित भएको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्राउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो ।

राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरे ।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्यक्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रशंसापत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिट्यान्स भित्राउने बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई सम्मानित गर्दै आईरहेको छ ।

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  ४ : ४१ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।