Logo

अन्तर्राष्ट्रिय

जापानी विदेशमन्त्री योको नेपाल आउँदै



काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् ।

जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जापानी दूतावासले जनाएको छ ।

विदेशमन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दूताबासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो ।

नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूताबासले जनाएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म विदेशमन्त्री खामिखावाको भ्रमण बारे औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार ०९:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।