काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया