काठमाडौं । सिधाकुरा अनलाइन, त्यसका सम्पादक नवीन घिमिरे र प्रस्तोता युवराज कणेलविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ ।
सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै सिधाकुराले गएको शुक्रबारदेखि ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो । त्यसलाई लिएर सर्वोच्चमा अवहेलना मुद्दा दायर भएकाे हाे ।
सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेलना निवेदन दायर गरेका छन् ।




















प्रतिक्रिया