Logo

अर्थ

सीजीको बीएलडीसी सिलिङ फ्यान बजारमा



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी स्विच टु बीएलडीसी फ्यान टुडे’ भन्ने नारासाथ बजारमा आएको यो सिलिङ फ्यानले कम्तीमा ४३ प्रतिशत विद्युत् बचत गर्ने कम्पनीको दाबी छ । कम आवाजमा सञ्चालन हुने प्रविधि फ्यानमा रहेको कम्पनीले जनाएको छ ।

यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको जनाइएको छ । रिमोटको सुबिधा युक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।

नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ११:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।