Logo

राजनीति

पूर्वाधार विकास कार्यालयको बेथितिलाई राेक्न नेकाले बुझायाे रौतहट जिल्ला समन्वय समितिमा ज्ञापनपत्र



रौतहट । पूर्वाधार विकास कार्यालय रौतहटमा व्याप्त अनियमितता एवं कामकाजको हेलचक्रयाई अन्त्य गर्नका लागि नेपाली कांग्रेस रौतहटले जिल्ला समन्वय समितिका सभापति समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादवको नेतृत्वमा गएका कांग्रेसी नेता एवं कार्यकर्ताहरुले जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादवलाई ज्ञापनपत्र बुझाउँदै पूर्वाधार विकास कार्यालयमा व्याप्त रहेका बेथितिलाई अन्त्य गरी अवस्थामा सामान्य बनाउन आग्रह गरेका हुन् ।

आर्थिक बर्ष २०८०/०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकारका योजनाहरु यस जिल्लामा परेका सो योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको मिलोमतोमा योजनाको पत्र दिनुअघि कमिशन लिई आर्थिक चलखेल गर्दै योजनाहरु बिक्री गरिरहेका कार्य साह्रै निन्दनिय रहेको नेपाली कांग्रेसले ठहर गरेको छ ।

आर्थिक चलखेलको आधारमा रौतहटको योजना बिक्री गर्दा पूर्वाधार विकास कार्यालयलाई बदनाम गराउनमा कार्यालय प्रमुख विनोद ठाकुर सहितका कर्मचारीहरु संलग्न रहेको सूचना नेपाली काँग्रेसलाई प्राप्त सूचना पछि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पूर्वाधार विकास प्रमुख ठाकुर र इन्जिनियर रामबाबु साहले खुलेआम १५ प्रतिशत दरले कमिशन माग्ने गरेको गम्भीर आरोप लगाइएको छ ।

भौतिक पुर्वाधार विकास मन्त्री रासरोज कुमार यादबको निर्देशनमा जिल्लामा विनियोजित बजेट रकमी चलखेलको आधारमा विक्री वितरण भईरहेको तथा उभोक्ता समिती बाट १० प्रतिशत रकम लिएर मात्रै भुक्तानी दिईरहेकोे छ थाहा पाए पछि नेपाली कांग्रेस रौतहटले तालबन्दी लगायतका संघर्षका कार्यक्रम गर्न बाध्य भएका छन् ।

शुक्रबार बिहान १० बजेको समयमा सम्पूर्ण नेताकार्यकर्ताहरु गौर जाउ भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँ सुशासन कायम गराए । ‘भ्रष्टाचार मुक्त बनाउन समृद्ध समाज निर्माण गरौँ’ भन्ने नाराहरु लगाउँदै जिल्ला समन्वय समितिका सभापतिलाई ज्ञापन पत्र बुझाउँदै समस्या तत्काल समाधान नभए संघर्षको कार्यक्रमा जाने समेत चेतावनी दिएको नेपाली कांग्रेस मधेश प्रदेश सूचनासंचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ११:४०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।