काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते साँझ साढे ४ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै उक्त बैठकले सोहि बमोजिम कम्पनीको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया