Logo

अर्थ

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त



काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको तयारी तीव्र पारेको छ । प्रथम वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्त सम्झौतामा क्रेस्ट माइक्रो लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआईएमबी एस क्याप्टिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १७:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।