नेपाल तरुण दलका केन्द्रिय सदस्य निरज निरौलाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मूलधारका पार्टीहरू हुन् भन्ने प्रमाणित गरेको बताएका छन् ।
बैसाख १५ गते भएको उपनिर्वाचनपछि निर्वाचनका विषयमा अनलाइनपाना डटकमले सोधेको चुनावी प्रश्नको प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।
केन्द्रिय सदस्य निरौलाले मिसन२०८४ त के ०८१ नै फेल भैसकेकाले अब टुकुडेपार्टीलाई जनताले न पत्याउने र ०८४ मा नेपाली काङ्ग्रेस र एमालेका बिचमा नै प्रतिस्पर्धा हुने ठोकुवा गरे ।
उनले अबको राजनीति जनतालाई सुशासनको प्रत्याभूत गराउने खालको हुनुपर्ने जोड दिए ।
प्रतिक्रिया