काठमाडौं । काठमाडौं महानगरपालिकाले एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।
महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।
सो अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया