Logo

अर्थ

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १३:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।