काठमाडौं । चौथो टी-२० खेलमा नेपाललाई वेष्ट इन्डिज एले २१० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिँग गरेको वेस्ट इन्डिज एले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।
वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाएका थिए । जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।




















प्रतिक्रिया