Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । गत शुक्रबार चाँदी तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार  ११ : ४९ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।