काठमाडौं । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध हटाएको छ । शनिबारदेखि भारतले प्रतिबन्ध हटाएको हो ।
प्रतिबन्ध हटपनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य अझै महँगिने देखिन्छ । नेपालको घरेलु बजारमा खपत हुने करिब ९० प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । नेपाली बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो औषत ६० रुपैयाँ छ ।
भारतले शनिबारदेखि नै लागु हुने गरी प्याजको मिनिमम एक्सपोर्ट प्राइस(एमईपी)पनि तोकेको छ । प्रतिमेट्रिक टन प्याजलाई ४५ हजार ८ सय भारतीय रुपैयाँ एमईपी तोकिएको छ ।




















प्रतिक्रिया