Logo

राजनीति

आफ्नै संस्थाकाे भवन बनाउन नेपाल तरुण दलका केन्द्रीय सदस्यहरुले निरीक्षण गरे निर्माणस्थल



 

काठमाडाैं । नेपाल तरुण दलको केन्द्रीय सदस्यहरुले दलको भवनस्थल रवि भवनको निरीक्षण गरेका छन ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङसहित केन्द्रिय सदस्यहरु र मुख्य सचिवसमेतले आज रवि भवनको स्थलगत निरीक्षण गरेका हुन।

तरुण दलले आफ्नाे भवन बनाउन दिनहुँ भवन निर्माणको लागि केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरिरहेकाे छ । भवन निर्माणकाे रकम भने स्वतस्फुर्त रुपमा सदस्यहरूले दिइरहेकाे तरुण दलले जनाएकाे छ ।

केन्द्रीय सदस्यहरु सुरेश लामा, नवीन राई, गोपाल चौलागाईं, मनोज कटुवाल, अनुज चापागाइ, तपेन खड्काले आज भवन बन्ने स्थलको निरीक्षण गरेका हुन ।

भवनको शिलन्यास चाँडै हुने अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार  ८ : ५२ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।