Logo

अन्तर्राष्ट्रिय

इजरायलले लगायाे अल जजिरामाथि प्रतिबन्ध, ‘आतंकवादीद्वारा नियन्त्रित’ भएकाे आराेप



काठमाडौँ । इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गत महिना, इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभि नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो ।

इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी पक्षपात गरेको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ । इजरायली प्रधानमन्त्रीले यस च्यानललाई ‘आतंकवादीद्वारा नियन्त्रित’ भनेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार २२:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।