Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे मूल्य २०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतिताेला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ११:३२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।