Logo

खेलकुद

नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै



काठमाडौं । नेपालले आज इंग्ल्याण्ड सी टिमविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यस खेलका लागि २३ सदस्यीय टोली लिएर इंग्ल्याण्ड पुगेका छन् ।

नेपाली टिम:

गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल र विशाल सुनार ।

डिफेन्डरः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द ।

मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बु ।

फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १२:२६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।