Logo

प्रमुख समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो



काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।  यसअघि वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिटब्यूरो र २८, २९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो ।

प्रचार विभागका अनुसार यही वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्यूरो बैठक बस्नेछ । वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

आन्तरिक तयारी नपुगेका कारण बैठक सारिएको प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार  २ : ३८ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।