Logo

अर्थ

कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे च्याम्पियन



काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा जित निकालेको हो ।

आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रे«को जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राख्दै बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार २०:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।