Logo

प्रमुख समाचार

अतृप्त आत्माहरुलाई जम्मा गरेर पार्टी बन्दैन : उपेन्द्र यादव



जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

जसपा विभाजनपछि आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गर्दै उनले केही व्यक्तिहरुले पार्टी छोडेर गएपनि उनीहरुलाई कार्यकर्ताको समर्थन नरहेको बताए । उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले केन्द्रीय समितिका दुई तिहाई बढी सदस्य आफूसंग रहेको पनि दाबी गरे ।

केही नेताहरुको व्यक्तिगत महत्वाकांक्षा र मन्त्री बन्ने लोभले पार्टी फुटेको उलेख गर्दै उनले भने, ‘५/७ सांसदलाई मन्त्री बनाउने प्रलोभनमा पारेर पार्टी फुटाएको प्रचार गरिएको छ । तर, उनीहरुसँग कुनै पनि जनाधार छैन, पार्टी अझ सुदृढ भएर जान्छ ।’

पार्टीमा एकलौटी गरेको आरोप अस्वीकार गर्दै अध्यक्ष यादवले आफूले अमेरिका जानुअघि कार्यवाहक अध्यक्ष दिएर गएको व्यक्तिले नै पार्टी फुटाएको बताए । भने, ‘त्यस्ता अतृप्त आत्माहरु जम्मा गरेर पार्टी बन्दैन ।’

यादव देश बाहिर रहेकाबेला अस्ति सोमबार बरिष्ठ नेता अशोक राईले आफूसहित सात जना सांसद र केन्द्रीय कार्यकारिणी समितिका ३० जनालाई साथमा लिएर जसपा, नेपाल विभाजन गरेका थिए । विभाजित पार्टीले निर्वाचन आयोगबाट मान्यतासमेत पाइसकेको छ ।

अध्यक्ष यादवले भने पार्टी विभाजन असंवैधानिक रहेको दावीका साथ त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।