Logo

अर्थ

सप्तरीमा नेपाल बैंकका सुरक्षागार्डको हत्या



काठमाडाैं । सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ ।

सप्तकोसी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड पर्शुराम फुयाँलको हत्या भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुन्डीराज नेउपानेका अनुसार उनको बुधबार राति खुकुरी प्रहार गरी हत्या भएको पाइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १५:३३   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।