Logo

प्रमुख समाचार

मधेश प्रदेशमा पनि सरकार ढाल्ने कसरत सुरू



रौतहट । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेका छन्।

समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ।

स्रोतका अनुसार जनमत पार्टीले पहिला आफूले मुख्यमन्त्री पाँउनुपर्ने दावी गरेका कारण एमाले र मओवादीका नेताले तत्काल सरकार नछाडेका हुन् नेकपा एमालेले आफूले पहिला मुख्यमन्त्री पाउनु पर्ने र पछि जनमतलाई मुख्यमन्त्री दिने विषयमा छलफल भइरहेका कारण एमाले र माओवादीका मन्त्रीले अहिलेसम्म सरकार नछाडेको अवस्था रहेको र साँझसम्म उनीहरूले सरकार छाडेपछि मधेश प्रदेश सरकार आफैँ ढल्ने जनकपुरका पत्रकार हदिस खुद्धारले बताए।

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ७ : १९ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।