काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबार न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उनको इजलासमा उक्त मुद्दा दुई नम्बरमा राखेर पेशी तोकिएको हो ।
यसअघि बिहीबार उक्त मुद्दा मनोज शर्माको इजलासमा परेकामा पूर्वन्यायाधीशको निधन भएपछि सुनुवाइ स्थगित भएको थियो ।
कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
प्रतिक्रिया