काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ३ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको १ लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रतिक्रिया