काठमाडौं । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग पुनः दाहोर्याउने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता थप पुष्टि भएको दाबी गर्दै पार्टी प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति कांग्रेसको ‘बटमलाइन’ भएको बताएका हुन् ।
‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ । अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ’, लेखकले भने, ‘यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’
नेता लेखकले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्मा को-को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताए । ‘हामी आफ्ना कुरा राख्छौ । त्यसपछि को–को बोल्छन् त्यसका आधारमा अघि बढ्छौ’, लेखकको भनाई छ ।




















प्रतिक्रिया