Logo

प्रमुख समाचार

शिक्षा समितिकाे बैठकमा शिक्षामन्त्रीमाथि खनिए सांसद-जवाफ हाेइन, काम चाहियाे !



काठमाडौं । आइतबार बसेकाे शिक्षा, विज्ञान तथा प्रविधि समितिकाे बैठकमा सांसदहरूले शिक्षामन्त्री सुमना श्रेष्ठलाई विश्वविद्यालयकाे शिक्षा सुधार्नेदेखि, पठनपाठनकाे काममा टालटुले जवाफ मात्रै आएकाे, काम भने नआएकाे भन्दै प्रश्न तेर्स्याएका छन् ।

बंगलादेशमा एमबिबिएस पढ्न छात्रवृत्तिसम्बन्धी सरकारले दिएको सिफारिस सूचीमा हेरफेर भएको भन्दै सांसद सुमना श्रेष्ठसँग रास्वपाकी ताेसीमा कार्कीले नै जवाफ मागिन् । सांसद कार्कीलेले सरकारले जिम्मेवारी लिएर सिफारिस गरिएका विद्यार्थीलाई बंगलादेश पठाउने व्यवस्था मिलाउनुपर्ने बताइन् ।

शिक्षामन्त्री श्रेष्ठले यस विषयमा परराष्ट्र मन्त्रालयले छानबिन गरिरहेको जवाफ दिइन् । 

समितिका अध्यक्ष अमरबहादुर थापालेले मन्त्रीलाई चर्को जवाफ दिएर मात्रै काम नहुने बताए । उनले भने, “बंगलादेश कोटा अस्वीकार हाे वा सिफारिस गरिएका विद्यार्थीहरूको इन्कार हाे। शिक्षा मन्त्रालयले पनि यसमा कडा अडान लिनुपर्छ,’ थापालेले भने ।

सांसद दीपा शर्माले जिटुजी (सरकार-सरकार) ले विद्यार्थी पठाउन थालेको विषयमा सरकारसँग जवाफ माग गरिन् । ‘शिक्षामन्त्रीले यो विषय को–कोसँग छलफल गरेर हुन्छ, दुई–तीन दिनभित्र समाधान गर्नुपर्छ !,’ उनले भनिन् ।

नेपालका लागि बंगलादेशका राजदूतसँगकाे भेटमा यस विषयमा छलफल गर्ने प्रतिबद्धता शिक्षा मन्त्रीले दिइन् । सरकारले सिफारिस नगरेका विद्यार्थीलाई एनओसी दिन बन्द गरेको शिक्षा मन्त्रीले बताइन् ।

बंगलादेश सरकारको छात्रवृत्ति अन्तर्गत एमबीबीएस र बीडीएस पढ्न शिक्षा मन्त्रालयले सिफारिस गरेका २२ मध्ये १० विद्यार्थीको नाम बंगलादेश पुग्दा सूचीबाट हटाइएको छ । त्यसपछि आक्रोशित विद्यार्थी समिति समक्ष पुगेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १४:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।