Logo

अर्थ

८.२६ अंकले बढ्याे सेयर बजार, ३ अर्ब १५ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार बढेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४ को विन्दुमा कायम भएको छ ।

आज ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनकाे सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस बैंकको १० करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनका लगानीकर्ताले ५.४४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : बैशाख ३०, २०८१ आईतबार  ३ : ३६ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।