Logo

प्रमुख समाचार

उपेन्द्र यादवलाई मन्त्री पदबाट राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन्।

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो।

यादवले सोमबार काठमाडौंमा बस्ने गरी पार्टीको कार्यकारिणी बैठक बोलाएका छन् । कार्यकारिणी सदस्यको बैठकपछि औपचारिक निर्णय लिने उनले बताए ।

अघिल्लो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित सात प्रतिनिधिसभा सदस्यले पार्टी विभाजन गरेका थिए ।

राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरे पनि यादव पक्षसँग पाँचजना मात्र सांसद् छन् ।

उपेन्द्र सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री छन् । आफैँ उपप्रधानमन्त्री रहेको सत्ता ढाल्न उपेन्द्र लागेकाले पार्टी विभाजन गर्नुपरेको राई पक्षको आरोप थियो ।

तर, पार्टी फुटे पनि यादव सरकारमा टाँसिइरहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १८:४६   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।