Logo

कोशी प्रदेश

बर्खास्तीमा परे कोशीका मुख्यन्यायाधिवक्ता कोइराला



काठमाडौँ । कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्ताकाे पदबाट मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

गएकाे पुसमा कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका अधिवक्ता रुपेश कोइरालालाई हिक्मतकुमार कार्कीले कार्यभार सम्हालेवित्तिकै हटाएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १९:३८   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।