काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भैइरहेको छ ।
यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया