Logo

अर्थ

नेपाल वेयरहाउजिङ्गको नोक्सानी बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल वेयरहाउजिङ्ग कम्पनीको नोक्सानी बढ्दो क्रममा रहेको छ।

२ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको ९ महिनासम्म आईपुग्दा १४ करोड २ लाख नोक्सानीमा पुगेको छ।

चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ भने कुल खर्च १४ करोड ६९ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १० पैसा रहेको छ।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २० करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  १२ : १७ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।