Logo

अर्थ

कस्ताे छ घोराही सिमेन्टको वित्तीय अवस्था?



काठमाडाैं ।  घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म २७ करोड ५७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.७६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६५ करोड २७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ३२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

त्यस्तै कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च २२ करोड ५८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको वित्त खर्च पनि ४१ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ३०.४ प्रतिशतले घटेर २ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको अन्य रिजर्भ ७ करोड ९० लाख र सेयर प्रिमियम रिजर्भ २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.०७ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ २२०.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३२.७३ रुपैयाँ र तरलता अनुपात ०.८० प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  १२ : ३१ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।