Logo

प्रमुख समाचार

नयाँ दल जसपाबाट तीन मन्त्री बन्दै



काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ ।

जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि सो मन्त्रालय खाली भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १४:५५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।