Logo

प्रमुख समाचार

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनले नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन् ।

सर्वोच्चले पेशी तारेखका लागि जेठ २ गते अदालतमा हाजिर हुन भनेको छ । उनी अमेरिका रहँदा जसपाका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदलाई लिएर जनता समाजवादी पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १७:००   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।